सुदुरपश्चिमेलीहरुको मौलिक पर्व "गौरा पर्व"
सुदुरपश्चिमेलीहरुको मौलिक पर्व "गौरा पर्व"को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनीहरुमा सुख, शान्ति एवं समृद्धि तथा सु स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
गौरापर्बले धार्मिक, सामाजिक र सांस्कृतिक महत्व को भूमिका बोकेको छ! धार्मिक मान्य़ता अनुसार गौरा अर्थात पार्वतीले नित्य आराधना पूजा गरि पौराणिक कालमा भगवान शिव अर्थात महेश्वर लाई बर को रुपमा प्राप्त गरेको सम्झनामा शिव पार्वती को पूजा गरि देउडा खेल्दै यो मनाइने गरिन्छ !
करिब एक हप्ता सम्म चल्ने यो भाद्र कृष्ण पन्चमी का दिन देखि सुरु हुन्छ उक्त दिन भाडो भाड़ोमा बिरुडा अर्थात् पाच प्रकारको अन्न (मास, गहत, गहु, केराउ , गुरुस ) आदि ! राख्ने गरिन्छ।
दोस्रो शष्टीको दिन पानी भएको ठाउँमा गएर बिरुडा धुने गर्दछन !
धोएर शुद्ध स्थानमा राख्ने गर्दछन
सप्तमीका दिन नौ प्रकारका बिरुवा हरु जस्तै धान, बेलुपत्र, कुस, दुबो, तितेपाती , फुल आदी राखेर गौरा तयार गरिन्छ सोही दिन भित्र्याउने पूजा गर्ने दुब्धागो चढाउने जस्ता काम हरु गर्ने गरिन्छ
अष्ठमीका दिन गौरा खलॊ, अर्थात् गौरा खेलाउने ठाउँ,
खेल खेल्नेठाउँमा गाैरालाई नचाइन्छ, फाग गित गाउने, देउडा खेल्ने, गौरामा चढाएका फलफुल फटकाउने, अर्थात् दुई व्यक्तीले चाधर मा फलफुल हरु राखेर आकासमा फाली जसले फल पाउछ उसको मनले चाहेको पुग्ने धार्मिक मान्येता राखेको पाइन्छ ! उक्त कार्य सकिएपछि आफ्ना घरपरिवार का सदस्य हरुलाई बिरुडा ले पुज्ने फलप्रसाद दिने, बिदेशमा हुने आफन्त हरुलाई कसै आफन्तसंग पठाईदिने नत्र चिठी, इमेल, मेसेज मार्पत सगुन दिने चलन पनि रहेको छ,
उसको भाग छुट्टाएर राख्ने चलन पनि रहेको छ!
अष्ठमीकादिन नै देउडा खेल्ने, ठाडीखेल, ढुस्को खेल्ने चलन पनी छ ! कतिपए ठाउँ गौरा सेलाउने परम्परा पनि छ अर्थात् गौरा बिसर्जन गर्ने चलन पनि रहेको छ!
देउडा खेलको मध्यमबाट हाम्रो समाजमा घटेका घट्न सक्ने सामाजिक समस्या हरु, बिकिर्ती विसंगतिहरुको जनचेतना फैलाउने देउडा लएबाट नै देबी गौरी र भगवान महेश्वरको वैवाहिक जीवनगाथा गाउने, महाभारत , रामायणको पौराणिक कथा पनि गाउने चलन पनि रहेको पाईन्छ !
येसरी गौरा खेलाउदै सेलाउने बिसर्जन गर्ने चलन रहेको पाईन्छ !
JIBAN JOSHI
Comments
Post a Comment